न्यायका निम्ती धर्ना बसेका निर्मलाको बाबुको स्वास्थ्यमा देखियो यस्तो समस्या

Posted on: 23 Nov, 2018

मंसिर ७, काठमाडौं । छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसेका निर्मला पन्तका पिता यज्ञराज पन्तको स्वास्थ्यामा समस्या आएको छ | पन्तको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत समस्या देखिएको छ । केही दिनदेखि उनी डिप्रेसनको शिकार भएको चिकित्सकहरुले आशंका गरेका छन् ।

१३ दिनदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका उनी बरबराउने, रुने, गालीगलौज गर्ने गर्छन् । 

निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले पनि पन्तको स्वास्थ्यमा समस्या देखिएको पुष्टि गरे । उनका अनुसार थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ तर, परिवारका सदस्यहरुले निर्णय लिइसकेका छैनन् । परिवार को निर्णयपछि ४ जनासम्मलाई काठमाडौ पठाउने तयारी रहेको विष्टले जानकारी दिए ।

उनको सामान्य उपचारका लागि चिकित्सकको टोली धर्नास्थल पुगेको थियो ।

१० साउनमा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनाको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा तत्कालीन एसएसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर बर्खास्त भएका छन् । तर, हत्यारा अझै पत्ता लागेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!