बुगल नगरपालीका: सामुदायिक बनमा आगलागी हुँदा करौडौको क्षेती

Posted on: 23 Nov, 2018

टेकेन्द्र बोहरा | मङ्सिर ७, बझाङ | जिल्लाको बुगल नगरपलीका वडा नँ २ मजिवन गाँउ अन्तरगत पर्ने एकछाले सामुदाएक बनमा आगलागी  हुदा करोडौ मुल्य बरावरको क्षती भएको छ ।

बिहिवार साझ ४ वजेतिर आगलागी हुँदा सामुदाएक वनमा रहेका बिभिन्न प्रकारका महत्वपुर्ण जडिवुडी यार्चा, कटुकी, चिरातो, बनलसुन, लगाएत लौठ सल्ला धुपीसल्ला लालीगरासका भोजपत्रका बिरुवाहरु जलेर नष्ट , भएको बगल नगरपालीका वडा २ का स्थानिवासी अर्जुन बहादु धामीले बताउनुभयो ।

बिहिवार साझ चार वजेतिर लागेको आगो स्थानिय वासीको पहलमाल सुक्रवार ६ बजेपछीमात्र  आगो नियन्त्रणमा लिएको हो ।

स्थानिवासीका अनुसार आगो नियन्त्रण गर्ने क्रममा सामुदाएक वनमा भेटिएका छविस पाथिभेरे गाँउपालीका वडा ६ वुडखोरीका घर भएका बिनोद बहादुर धामी आगो हुन सक्ने अनुमान गरीएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!