कृत्रीम गर्भाधान असफल

Posted on: 24 Nov, 2018

मङ्सिर ८, खस्यौली | गाई तथा भैँसीमा गरिने कृत्रिम गर्भाधान बुटवलका केही कृषकका गाई तथा भँैसीमा असफल देखिएको छ । 

गाईभँैसीको रु ४५० शुल्क तिरेर कृत्रिम गर्भाधान गराएका कृषक असफल देखिएपछि कृत्रिम गर्भाधानका लागि आवश्यक सिमेन निःशुल्क हुनुपर्ने माग गरेका छन् । बुटवल उपमहानगरपालिका– १६ का गोपाल पौडेलले ५५ प्रतिशत कृत्रिम गर्भाधान असफल भएको र महङगो शुल्क तिरेर कृित्रम गर्भाधान गर्दा पनि सफल नभएपछि कृषक मारमा परेको बताउनुभयो । 

उहाँले यस बाहेक गाई तथा भैँसीमा देखिने थुनेलो लगायतका रोगले समेत कृषक मारमा परेको उल्लेख गर्दै सरकारले दिएको अनुदान वास्तविक कृषकले नपाएको गुनासो गर्नुभयो । पशु चिकित्सक झविन्द्र बञ्जाडेले प्राविधिकको कमी, पशु पोषण आहारको कमी र कृषकमा चेतनाको अभावले कृत्रिम गर्भाधान असफल भएको बताउनुभयो । 

उपमहानगरपालिकामा गतवर्ष एक हजार ५०० गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको थियो । यसवर्ष एक हजार ७०० मा कृत्रिम गर्भाधान गर्ने लक्ष्य लिइएकोमा ७०० गाई तथा भैँसीमा गर्भाधान भइसकेको छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उत्पादनमा आधारित भएर अनुदान दिने नीति अघि सारिएको जानकारी दिँदै पूर्व तयारी गरेर मात्रै व्यवसाय शुरु गर्न सुझाव दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!