निर्मला पन्तका आफन्तलाई न्याय दिलाउन काग्रेसले सदन र सड्क तताउने

Posted on: 24 Nov, 2018

कमल रावल | मंसिर ८, अछाम | नेपाली काग्रेसका केन्द्रिय सदस्य डाक्टर डिला संग्रौलाले निर्मला पन्तका आफन्तलाई न्याय दिलाउनका आफ्नो पार्टि सदन र सड्क तताउने अभियानका लागेको बताउनु भयो । 

घट्ना भएको चार चार महिना बितिसक्दा समेत दोषि पत्ता लगाउन सरकार असफल भएकाले पिडितका परिवारलाई न्याय दिलाउनका काग्रेस सुदुरपश्चिम अभियानमा लागि परेको बताउनु भयो । अभियानको क्रममा सदरमुकाम मंगलसेनमा प्रेस युनियन अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधी सभा सदस्य समेत रहनु भएका संग्रौलाले निर्मलाका आमा बुवाले अनसन सुरु गरि आफ्नो मानसिक सन्तुलन समेत गुमाउनु पर्ने अबस्था आएकाले सिगो पत्रकार जगतले समेत सरकारलाई दबाब दिन लाग्नु पर्ने बताउनु भयो । 


संञ्चारकर्मिको जिज्ञासामा जवाफ दिदै संग्रौलाले नेपाली जनतालाई अहीले सरकारले खुशि भन्दा पनी दुख दिने काम मात्र गरेको बताउनु भयो । कम्युनिष्टको दुई तिहाईको सरकार गठन हुदा समृद्ध नेपाली सुखी नेपाली नारा ल्याएर आएपनी यतिबेला जनताले दुखि नेपाली भोग्नु परेको उहाँले बताउनु भयो । 

प्रेस युनियन अछामका कार्यबाहक सभापती धनराज साउदको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस अछामका सभापती भरत कुमार स्वार, पुर्व सुचना तथा संञ्चार राज्य मन्त्रि गोविन्द बहादुर शाह, जिल्ला स्थित सम्पुर्ण संञ्चारकर्मिको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन प्रेस युनियन अछामका लोकराज ढकालले गर्नु भएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!