बैतडीमा घरमा हुने सुत्केरि महिलाको सङ्ख्या बढदै

Posted on: 25 Nov, 2018

कृष्ण बिष्ट | मङ्सिर ९, बैतडी | बैतडीमा सुत्केरी हुने महिलाहरु सबै अझैपनि स्वास्थ्य सस्थामा जादैनन् । पायक पर्ने स्थानमा स्वास्थ्य संस्था नहुदा अधिकांस महिला स्वास्थ्य सस्थामा जादैनन । भगौलिक विकटता कारणले नै जिल्लाका ८४ वडा मध्ये १६ वटा वडामा अझै पनि स्वास्थ्य चौकि छैन । जसले गर्दा यहाका अधिकांस महिलाहरु घरमै बच्चा जन्माउन बाध्य छन । 

घरमा सुत्केरी हुने महिलाहरु आर्थिक वर्ष ०७३ ०७४ मा १० प्रतिसत रहेको र ०७४ ०७५मा घरमा हुने सुत्केरि दर १ प्रतिसतले बढेर ११ प्रतिसत भएको पनि स्वास्थ्य प्रमुख जगदिश चन्द्र बिष्टले जानकारी दिनुभयो । 

बैतडीमा बर्षेनी ६ हजार २ सय भन्दा  बढि महिला सुत्केरी हुने गरेकोमा ८ सय भन्दा बढि महिलाले घरमै बच्चा जन्माउने गरेको जिल्ला स्वास्थ्य कर्यालय बैतडीका स्वास्थ्य प्रमुख विष्टले जानकारि दिनुभयो । स्वास्थ्य सस्था र बर्थीङ सेन्टरको पहुचमा रहेका महिलाहरुले मात्रै स्वास्थ्य चौकीमा सुत्केरि गराउन आउने गरेको उहाको भनाइ छ ।

१० वटा स्थानीय तह रहेको बैतडीमा ५ वटा सामुदायिक ईकाई केन्द्र  र ६ वटा सहरी स्वास्थ्य ईकाई गरी ११ वटा स्वास्थ्य केन्द्र  रहेका छन । त्यसैगरी जिल्लामा स्थानीय सरकारले सञ्चालन गर्दै आएका १सय २७ वटा बर्थीङ सेन्टर रहेका छन ।

भगौलिक बिकटताका कारणले पनि स्वस्थ्य सस्थामा पुग्न नसक्ने र  स्वास्थ्य चौकी पयक पर्ने ठाउमा नहुदा सुत्केरि महिलाहरु घरमै बच्चा जन्माउन बाध्य भएको सिद्धपुर स्वास्थ्य चाकि पाटन १० का स्वास्थ्य स्वयम सेविका कमला बिष्टले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!