‘आर्थिक परनिर्भरताका कारण महिला हिंसा’ - विकासमन्त्री नरदेवी पुन

Posted on: 25 Nov, 2018

मङ्सिर ९, कास्की (रासस) | गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक परनिर्भरताका कारण महिलामाथि हिंसा बढेकोे बताउनु भएको छ । 

महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले महिला आर्थिक रूपमा सवल र सक्षम नभएसम्म हिंसा नरोकिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “महिला आर्थिक रूपमा परनिर्भर भएकै कारणले विभिन्न शारीरिक र मानसिक हिंसाको चपेटामा परेका छन् । 

उनीहरुको आर्थिक सवलीकरणका लागि व्यावसायिक तालीम जरुरी छ ।” उहाँले तालीमका लागि तालीम नभई जीवनस्तरमा परिवर्तन ल्याउने खालको तालीम सञ्चालन गर्ने तयारी भइहेको बताउनभयो । स्वरोजगार मोबाइल एप्सबाट कस्तो तालीम आवश्यक भन्ने बारेमा सर्भे गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले सामाजिक विकास मन्त्रालयमा रु चार करोड ३२ लाख स्वरोजगार कार्यक्रमका लागि बजेट रहेको जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!