मुगुमा मानव अधिकारका घटनामा बृद्धि

Posted on: 25 Nov, 2018

नन्द बहादुर रोकाया | मंसिर ९, मुगु | अघिल्लो वर्ष भन्दा सन २०१९ को नोभेम्बर सम्म जिल्लामा मानव अधिकारका घटनामा वृद्धि भएको पाईएको छ । अनौपचारिक सेवा केन्द्र ईन्सेकको बर्ष पुस्तक समिक्षा कार्यक्रम सार्वजनिक गरिएको प्रतिवेदनले त्यस्तो देखाएको हो । 

अघिल्लो वर्षको यहि अवधीसम्म जिल्लाभरमा १९ वटा मानव अधिकार उलंग्घनका घटना घटेकोमा यो वर्षमा हालसम्म २५ वटा मानव अधिकार उलंघन भएका ईन्सेक मुगुका प्रतिनिधी जीवन सेजुवालले जनाकारी दिनुभयो ।  २५ वटा मानव अधिकारका घटना मध्य महिला हिंसाका घटना मात्र आठ वटा रहेको  कार्यक्रममा जानकारी गराईएको थियो । प्रतिवेदन समिक्षा कार्यक्रममा सहभागि कर्णाली प्रदेशका सभासद दानसिंह परियारले देशको केन्द्रीय स्तरसम्म जिल्लाका कुनै राजनीतिक दल र तिनका नेताहरुको पहुँच पुग्न नसक्दा मुगाली जनताले पाउनु पर्ने न्युनतम सेवा सुविधाबाट बञ्चित हुने अवस्था आएको बताउनुभयो । राज्य बाट प्रवाह हुने सवै सेवा सुविधा निश्चित व्यक्तिले मात्र प्रयोग तथा उपभोग गर्दा नागरिकले पाउनु पर्ने सेवा सुविधाको अधिकारबाट बञ्चित हुनु परेको उहँको भनाई छ ।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मुगुमा मात्र नभएर कर्णालीमा नै सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, राजनैतिक क्षेत्रमा मानव अधिकारको उलंग्घन भएको बताउनुभयो । जिल्लामा बाल विवाह , बहु विवाह, घरेलु हिंसाले प्रसय पाउदै गएकाले  जिल्लाको मानव अधिकारको क्षेत्रमा सन्तोष गर्ने अवस्था नभएको उनले बताउनुभयो । जिल्लाभरमा महिला हिंसा, घरेलु हिंसा, बाल श्रम लगायतका धेरै क्षेत्रमा मानव अधिकारको उलंघन हुने भए पनि कानुनी उपचार दिनु भन्दा परिवार र समाजले गाउँमा नै मिलाउने गरेका कारण अझै अधिकाँश घटना बाहिर आउन नसकेको सहभागिले बताएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!