नुवाकोटमा सिसी टिभी क्यामरा सञ्चालनमा

Posted on: 26 Nov, 2018

मङ्सिर १०, विदुर | नुवाकोटको विदुर नगरपालिकाका विभिन्न ठाउँमा प्रयोग भइरहेका सिसिटिभी क्यामरा केही वर्षदेखि खराब भई बन्द भएकामा आजदेखि सञ्चालनमा आएका छन् । 

विदुर नगरपालिका आसपासमा विशेष गरी त्रिशूली बजार, कोलनी, विदुर, बट्टार, सङ्गमचोक, गँगटेलगायत मुख्य चोकमा २० क्यामरा राखिएका छन् । सुरक्षाका लागि यी चोक बढी प्राथमिकतामा रहेको प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । अपराध नियन्त्रण र कुनै पनि घटनाको निगरानी तथा अनुसन्धानका लागि बजारकासडक र चोकमा क्यामरा राखिएको छ । विसं २०७२ फागुनदेखि सिसी टिभी क्यामरा सञ्चालनमा ल्याइएको र केही समयदेखि खराबी देखिएकाले सञ्चालन भएको थिएन । 

कँुवर भन्नुहुन्छ “हामीसँग अहिले २४ वटा क्यामराहरुमध्ये चार वटा बनाइरहेका छौँ र बाँकी २० वटा आजदेखि सञ्चालनमा आएको छ । हरेक घटनाहरुको निगरानी गर्न हाम्रा प्रहरीहरुले चोकचोक र विभिन्न ठाउँमा ड्युटी गरिरहेका छन् । ” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!