भाइको विवाहमा पुगेकी श्रीमतीलाई आग्लोले हानेर हत्या

Posted on: 27 Nov, 2018

मङ्सिर ११, दोलखा (रासस) | दोलखाको जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् । 

ठूलो पातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

हत्या गरेलगत्तै तामाङ फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक काफ्लेले बताउनुभयो । 

मृतक राममायको शव जिरी अस्पतालमा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!