चार वर्षदेखि फरार प्रतिवादी पक्राउ

Posted on: 27 Nov, 2018

मङ्सिर ११, ललितपुर | महानगरीय प्रहरी परिसर ललितपुरले चार वर्र्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

प्रहरी निरीक्षक खुमलाल भुसाल नेतृत्वको टोलीले महानगरपालिका –२२ फर्सिडोल बस्ने ४० वर्षीय दुर्लभ शाक्यलाई सोही स्थानबाट सोमबार पक्राउ गरेको हो । शाक्यलाई जिल्ला अदालत ललितपुरले विसं २०७१ चैतमा कुटपिट अङ्गभङ्ग मुद्दामा कैद तथा जरिवाना सुनाएको थियो । शाक्यलाई अदालतले सात वर्ष ११ महीना पाँच दिन कैद सुनाएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो । 

गतसाता मात्रै परिसरले ठगी तथा जालसाजी मुद्दामा दुई वर्ष पहिले अदालतले कैद तथा जरिवाना सुनाएको ललितपुर महानगरपालिका–१३ का राज महर्जनलाई पक्राउ गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!