बैतडीमा एक युवा मृत अवस्थामा फेला

Posted on: 27 Nov, 2018

कृष्ण विष्ट | मङ्सिर ११, बैतडी | बैतडीको सुर्नया गाउपालिका वडा नं ५ मा एक जना युवकको शव फेला परेको  छ । दश्रत चन्द नगरपालिका  वडा नं २ घरभइ सुर्नया गाउपालिका वडा नं ६ मुसेमा फलामको भाडा बनाउने २७ बर्षिय करन लुहारको सुर्नया गाउपालिका वडा नं ५ अन्तरगतको बिरखम भन्ने ठाउमा सब फेलापरेको  हो ।

 सुर्नया गाउपालिका वडा नं ५ अन्तरगतका महिलाहरु खर काटन जादा हिजो साझ ५ बजे लुहार मृत अवस्वस्थामा फेला परेको  शंकरपुर प्रहरिचौकि सुर्नयाका प्रनामि धन सिह धामिले  बताउनुभयो ।  ५ दिन देखि बेपत्ता रहेका लुहारको हिजो साझ सब भेटीएको  र आज  मात्र स्थानिहरुले आफुलाइ खबर गरेपछि आज दिउसो १ बजे घटनास्थल बाट सबको पोष्टमाटमका लागि इलाका प्रहरिकार्यालयको जिम्मा लगाएको प्रनामि धामिले बताएका छन । 

मृत अवस्थामा भेटिएका लुहार  सुर्नया गाउपालिक वडा नं ६ अन्तरगतको भवानि मन्दीरमा मङसिर ६ गतेलागेको  भवानि जात्रा हेर्न गएका लुहार घर फर्किने बेला भिरबाट लडेर मृत्यु भएको  हुन सक्ने प्रहरिको  अनुमान छ  । परिवार स्रोतका अनुसार करनले  दैनिक मधिरा सेवन  गर्ने भएकाले जात्रामा पनि मधिरा सेवन गरेर घर  फर्किने बेला सुर्नया ५ अन्तरगतको ककरभिट्टा भिरबाट खसेर मृत्यु भएको हुन सक्ने जनाएको  छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!