श्रीमान्-श्रीमतीबीच झगडाको क्रममा खुकुरी लागेर श्रीमान घाइते

Posted on: 27 Nov, 2018

मङ्सिर ११, विराटनगर | मोरङमा श्रीमान्-श्रीमतीबीच झगडा हुँदा श्रीमान घाइते भएका छन् | जिल्लाको लेटाङ नगरपालिका- २ बुधबारेमा ३४ वर्षीय केशर राई र उनकी श्रीमती ३४ वर्षीय शशीकला राईबीच आपसी विवाद भएको थियो । प्रहरीका अनुसार श्रीमानले मादक पदार्थ सेवन गरेर आएको र झगडा हुँदै जाँदा श्रीमानको हातमा रहेको खुकुरी खोसाखोस गर्ने क्रममा खुकुरीले टाउकोमा लागेर केशर घाइते हुन् ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि घाइतेलाई विराटनगर ल्याइको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!