शिवालय दृष्टिविहिन स्रोत कक्षामा शैक्षिक सामाग्री वितरण

Posted on: 27 Nov, 2018

पर्वत (कुश्मा) । शिवालय माध्यामिक विद्यालयमा संचालिक दृष्टिविहिन स्रोत कक्षाका बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको छ ।

झण्डै ८८ हजार बराबरको दैनिक आवश्यक बस्तुका साथै शैक्षिक समाग्री वितरण गरिएको हो ।

पर्वत वेलफेयर सोसाइटी यूकेले स्थापना गरेको अक्षकोषको रकमवाट शैक्षिक सामग्री वितरण गरेको हो । बालबालिकाको शैक्षिक सहयोगार्थ पर्वत वेलफेयर सोसाइटी यूकेले गत बर्ष १० लाखको अक्षकोष स्थापना गरेको थियो । अक्षकोषवाट ८८ हजार रुपैयाँ प्राप्त भएको थियो ।

उक्त रकमवाट विद्यार्थीलाई एक बर्ष पुग्ने साबुन, जुत्ता लगायत दैनिक जीवनमा आवश्यक पर्ने सम्पूर्ण सामग्री खरिद गरिएको दृष्ट्रिविहिन स्रोत कक्षाका शिक्षक पूर्णहरि रेग्मीले जानकारी दिए ।

स्रोतकक्षामा गुल्मी, तनहुँ, बागलुङ, पर्वत लगायत विभिन्न जिल्लाका कक्षा ५ देखि १२ सम्म २४ जना बालबालिका अध्ययनरत छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!