दाङमा तालमा डुबेर बेपत्ता भएका युवकको शव फेला

Posted on: 28 Nov, 2018

मङ्सिर १२, दाङ | घोराही उपमहानगरपालिका–१७ गुलरीयामा रहेको कृत्रिम तालमा गत आइतबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवाको शव आज फेला परेको छ । 

घोराही उपमहानगरपालिका–१५ निवासी १८ वर्षीय लक्ष्मण डिसीको शवलाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ । शव परीक्षणपछि आफन्तलाई बुझाइने प्रहरीले बताएको छ । 

गोताखोरले हिजो दिनभरि खोजी गरे पनि भेटाउन सकेको थिएन । चिसो शरीर फुल्न नपाएकाले शवमाथि आउन नसक्दा ढिलो गरी शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । 

जलाशय धेरै गहिरो रहेका कारण पानी फाल्न समय लागेको प्रहरीको भनाइ छ । पानी फालेपछि मात्र उनको शव फेला परेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!