दिनदहाडै मनि ट्रान्सफर सञ्चालकमाथि छुरा प्रहार

Posted on: 28 Nov, 2018

मंसिर १२, काठमाडौं । इटहरीमा मनि ट्रान्सफर सञ्चालकमाथि छुरा प्रहार भएको छ । इटहरी उपमहानगरपालिका ९ हटियालाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरका सञ्चालक संखुवासभाका २८ वर्षका सविन दाहालमाथि कार्यालयभित्रै नै छुरा प्रहार भएको हो ।

छुरा प्रहारबाट घाइते भएका दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

छुरा प्रहार गर्नेहरुको पहिचान नभएको र यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । छुरा प्रहार गर्नेहरुले रकम लुटेको वा नलुटेको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!