सुनसरीमा छुरा प्रहारबाट मनी ट्रान्सफरका सञ्चालक घाइते

Posted on: 29 Nov, 2018

मङ्सिर १३, इनरुवा | सुनसरीको इटहरी उपनगरपालिका–९ हटियालाइनमा सञ्चालित एक्टिभ मनी ट्रान्सफरका सञ्चालक अपरिचित व्यक्तिको छुरा प्रहारबाट बुधबार घाइते हुनुभएको छ । 

मनी ट्रान्सफरमै आएका दुई अपरिचित व्यक्तिले सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरी फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । 

उहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र छुरा प्रहार गर्ने व्यक्तिको खोजतलास जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!