पेस्तोल, खुकुरी लगायतका हातहतियारसहित एक महिला पक्राउ

Posted on: 29 Nov, 2018

मंसिर १३, सप्तरी । सप्तरीबाट हतियारसहित एक महिलारी पक्राउ परेकी छन् ।

जिल्लाको सुरुङ्गा नगरपालिका-३ भुसी महुलियास्थित फुटबल ग्राउण्डको पूर्वपट्टी खाली खेतमा बनाएको परालको झुप्रोबाट ती महिलालाई हतियारसहित पक्राउ परेकी हुन् ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका-५ बस्ने ३० वर्षीया गीता सदा हुन् । उनको साथबाट मेड ईन यूएसए लेखिएको एक थान पेस्तोल र त्यसको म्यागजिन, जंगी राउन्ड एक थान, त्यसको खोका ३ थान, खुकुरी एक थान, हयाक्सो ब्लेड एक थान, सानो हथौडा २ थान, टर्च लाईट एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।


विशेष सुराकीको आधारमा पक्राउ गरिएका गीताबिरुद्व जिल्ला अदालतबाट हातहतियार खरखजाना कसुरमा म्याद थप गरी अनुसन्धान कार्य शुरु गरिएको सप्तरी प्रहरीका प्रबक्रा एवं डीएसपी भावेश रिमालले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!