सहकारीको स्थापना दिवशको उपलक्ष्यमा बाल अनाथालयमा खाद्य वितरण

Posted on: 29 Nov, 2018

भास्कर के.सी | मङ्सिर १३, कञ्चनपुर | कञ्चनपुरको सबैको बचत तथा ऋण सहकारी संस्थाले आफनो स्थापना दिवशको उपलक्ष्यमा अञ्चल बाल अनाथालयमा खाद्य पदार्थ वितरण गरेको छ ।

विगत ९ वर्ष देखि बचत तथा ऋण लगानी गर्दै स्थानिय जनताको उन्नति र प्रगतिमा हातेमालो गर्दै आएको उक्त संस्थाले यस्ता गतिविधिहरु सञ्चालन गर्दे आइरहको छ । 

यस वर्ष पनि बाल अनाथालयका बालबालिकालाई खाद्य पदार्थ वितरण गरी सहयोग गरेको हो । 

उक्त कार्यक्रममा सभापतित्व अञ्चल बाल अनाथालयका  उपाध्यक्ष दयाकृष्ण जोशीले गर्नु भएको थियो  । सहकारी संस्थाको तफबार्ट संस्थाका अध्यक्ष भारती चौधरी, उपाध्यक्ष गोविन्द स्वाँर, कोषध्यक्ष कमला पाण्डेय सदस्य राम बहादुर कुवँर र शान्ती खत्री लगायत सहकारी संस्थाका कर्मचारीको र अनाथालयका बालबालिकाको पनि उपस्थिती रहेको थियो ।  

बाल अनाथालयका उपाध्यक्ष जोशीलाई संस्थाको तर्फबाट चौधरीले उक्त समाग्री हस्तान्तरण गर्नुको साथै आफनो मन्तवय पनि व्यक्त गर्नु भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!