प्रतिबन्धित लागुऔषधसहित एक युवक पक्राउ

Posted on: 30 Nov, 2018

मङ्सिर १४, सिरहा | प्रतिबन्धित लागुऔषधसहित आज बिहान सिरहा बरियारपट्टी– १ बाट एक युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स४प ६७९२ नं को मोटरसाइकलबाट प्रतिबन्धित लागुऔषधसहित लहान नगरपालिका–२ का २१ वर्षीय मोहम्मद मुर्तुजालाई पक्राउ गरेको हो । 

पक्राउ परेका मुर्तुजाको साथबाट प्रतिबन्धित लागुऔषध डिलक्स सिसी १०० एमएलको २४ बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । 

पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा पठाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!