छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष जेल

Posted on: 30 Nov, 2018

मङ्सिर १४, सिन्धुपाल्चोक | जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ । 

जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई ७० हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको श्रेस्तदार लेखनाथ पौडेलले जानकारी दिनुभयो । 

दुई वर्षअधि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादकपदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबरर्जस्ती करणी गरेका थिए । पटक-पटकको करणीबाट गर्भवती भएपछि २०७४ साल साउन २६ गते बाह्रबिसे ‘ङ’ ले जाहेरी गरेकी थिइन् । जाहेरीपछि ४६ वर्षीय प्रतिवादी बाह्रबिसे ‘घ’ विरुद्ध २०७४ भदौ २० गते नाबालक हाडनाता र जबरर्जस्ती करणीको तीन वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो । 

श्रेस्तदार पौडेलका अनुसार साउनदेखि यता सम्बन्ध विच्छेद र बलात्कार तथा बलात्कार प्रयास मुद्दामा वद्धि भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!