पूर्वमन्त्री रानालाई पितृशोक

Posted on: 01 Dec, 2018

मङ्सिर १५, रामपुर | पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई पितृशोक परेको छ । 

पाल्पा क्षेत्र नं १ का सङ्घीय सांसद तथा नेकपा एमालेका प्रदेश नं ५ का सहइन्चार्जसमेत रहनुभएका रानाका पिता रुकबहादुर रानाको ९२ वर्षको उमेरमा आज बिहान काठमाडौँमा निधन भएको हो । 

मुटुसम्बन्धी समस्याका कारण उहाँको निधन भएको परिवारले जनाएको छ । रानाका पाँच छोरामध्ये सांसद राना माइला हुनुहुन्छ । रामपुर नगरपालिका–१ पाल्पाका राना परिवार काठमाडौँमा बस्दै आउनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!