पाल्पा–बुटवल सडक बन्द हुने

Posted on: 01 Dec, 2018

मङ्सिर १५, पाल्पा | पाल्पा–बुटवल सडक स्तरोन्नतिका लागि मंसिर १७ गतेदेखि १९ गतेसम्म बन्द हुने भएको छ । 

बुटवल–पाल्पा सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भूतखोला सडकखण्डमा दैनिक सडक बन्द हुने भएको हो । बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्य सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द हुने भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताउनुभयो । 

बिरामी बोकेका एम्बुलेन्सबाहेक अन्य सवारीसाधन ६ घण्टा नै रोकिनेछन् । सडकमा खसेको ढुङ्गा फुटाएर हटाउनुपर्ने, पहिरो हटाउनुपर्ने तथा सडक मर्मत सम्भार गनुपर्ने हुँदा सडक बन्द गर्न बाध्य भएको अधिकारी आचार्यले बताउनुभयो । 

दोभानको चिडियाखोलादेखि भूतखोला क्षेत्रको सडक बाह्रै महीना जोखिममा चालक सवारी चलाउन बाध्य छन् । 

स्थानीय बासिन्दाका अनुसार दोभानको सिद्धबाबा क्षेत्रमा हिउद तथा वर्षायाममा पहिरो खस्दै आएको छ । ढुङ्गासहितको पहिरोले सवारी दुर्घटना रोकिएको छैन । यस क्षेत्रमा पहिरोले मानवीय क्षति हुँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!