बैतडीमा पनि ३१ औँ विश्व एड्स दिवस मनाइयो

Posted on: 01 Dec, 2018

कृष्ण बिष्ट | मङ्सिर १५, बैतडी | आज विश्व एचआईभी÷एड्स दिवस एचआईभी एड्स विरुद्ध विभिन्न जनचेतना मुलक कार्यक्रम गरी बैतडीमा पनि मनाइएको छ । ‘एचआईभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराका साथ आज ३१ औँ विश्व एड्स दिवस मनाइएको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन महराले जानकारी दिनुभयो । पाटन नगरपालिका स्थित पाटन स्वास्थय केन्द्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयमेसबिकाहरुले ¥यलि सहित बजार परिकर्मा गरेका थिए । 


बैतडीमा पछिल्लो समयमा एचआइभी संक्रमितहरु खुलेर आउन सकेका छैनन । २०७ जाना संक्रमित रहेको बैतडीमा आधा जती मात्रै स्वास्थ्य जाच गराइ एआरटी सेवा लिने गरेका छन । जिल्ला अस्पताल बैतडीका अनुसार २ सय ७ जाना संक्रमित रहेकामा १ सय ११ जाना मात्रै औषधी सेवन गर्ने गरेका छन । 

नेपालमा एड्स रोगको निशुल्क औषधि पाइन्छ । तर धेरैले निशुल्क औषधिबारे थाहा नपाउँदा उपचारको पहुँचमा पुग्न सकेका छैनन् । संक्रमित हरुले समाजमा अपहेलनाको डर अझै संक्रमितहरु स्वास्थ्यको पहुचमा खुलेर आउने गरकाछैनन । समाजमा एचआइभि संक्रमितहरुलाइ  हेर्ने द्रिष्टिकोण परिपर्वतन नभएकाले पनि संक्रमितहरु रोग लुकाउन बाध्य रहेको हेल्थ असिस्टेन्ट राजेन्द्र चन्दले बताउनुभयो ।  


स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईने औषधिको नियमित सेवन र स्वस्थ जीवनशैली अपनाएर एचआईभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनका बिताईरहेकाले सबै संक्रमितहरुलाई स्वास्थ्यको पहुचमा आउनु पर्ने कार्यक्रममा सहभागि स्वास्थ्य कार्मीहरुले धारणा राखेका थिए  । 

नियमित औषधि सेवन गरेमा संक्रमितहरुलाई अन्य रोगले संक्रमण गर्न पाउदैन । एचआइभि संक्रमितहरुले नियमित स्वास्थ्य परिक्षण र औषधिउपचारमा सरिक भइ आफ्नो आयु लम्याउनु जरुरी रहेको सुदुपश्चिम प्रदेस स्वास्थ्य निर्देसनालयका सुदुपश्चिम स्वास्थ्य निर्देशक गुण राज अवस्थीले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!