दुई सन्तानकी आमा तीन दिनदेखि बेपत्ता

Posted on: 02 Dec, 2018

मङ्सिर १६, काठमाडौं | दोलखा बिगु २ आरोङकी ३० बर्षीया सुष्मा तामाङ तीन दिनदेखि बेपत्ता भएकी छिन् । 

परिवारका सदस्यका अनुसार उनी विहीबारदेखि बेपत्ता भएकी हुन् । आरोङस्थित माईती गएर चरिकोटस्थित डेरा आईपुगेकी उनी एकाएक सम्पर्कविहीन भएको परिवारका सदस्य हेमा लामाले बताईन् । 

माईतीबाट चरिकोट फर्केर डेरा पुगिछिन् । केही सामग्री पनि लगेको पाईयो । तर, उनी कहाँ गईन् केही पत्तो लाग्न सकेको छैन । 

तीन दिनदेखी उनको मोबाईल फोन पनि स्विच अफ छ, हेमाले भनिन् । 

परिवारका सदस्यका अनुसार सुष्माका दुई छोरा छन् । उनको श्रीमान चरिकोटमै सामान्य व्यवसाय गरी बस्छन् ।

- आजको नयाँ पत्रिकामा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!