मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Posted on: 03 Dec, 2018

मङ्सिर १७, काभे्रपलाञ्चोक | काठमाडौँबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ जाँदै गरेको बा ९४ प ५५७६ नं को मोटरसाइकल रोशी गाउँपालिका–११ पिप्लेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा ३० वर्षीय देवराज खत्रीको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । सडकबाट २० मिटर तल रोशी खोलामा खस्दा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा मृत्यु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!