नुवाकोट जिल्लाबाट नेकपा प्रदेश-३ कमिटीमा को-को परे ?

Posted on: 03 Dec, 2018

मंसिर १७, नुवाकोट | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । 

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ । 

पार्टी एकता भएको करीब छ महीनापछि तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)को भागबण्डाका आधारमा नामावली सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको विवरणनुसार प्रदेश नं ३ मा तत्कालीन एमालेबाट ११६ र माओवादी केन्द्रबाट १०१ गरी कूल २१७ जना सदस्यीय प्रदेश कमिटी रहनेछ । 

नुवाकोट जिल्लाबाट प्रदेश ३ को कमिटिमा को-को परे ? 

साविक एमालेबाट 

१. नारायण खतीवडा नुवाकोट सदस्य – प्रदेश संगठन कमिटी

२. अच्युतप्रसाद पाण्डे नुवाकोट सदस्य – प्रदेश संगठन कमिटी

३. रामशरण प्याकुरेल नुवाकोट सदस्य – प्रदेश संगठन कमिटी

४. सूर्यप्रसाद कँडेल नुवाकोट सदस्य – प्रदेश संगठन कमिटी

५. मेञ्चुब तामाङ्ग नुवाकोट सदस्य – प्रदेश संगठन कमिटी

६. ठाकुर गजुरेल नुवाकोट सदस्य – प्रदेश संगठन कमिटी 

७. राजेन्द्र लोहनी नुवाकोट सदस्य – प्रदेश संगठन कमिटी

८. गोविन्द नेपाली नुवाकोट सदस्य – अञ्चल समन्वय कमिटी

९. केशव पाण्डे नुवाकोट सचिव – केन्द्रयि विभाग

१०. विन्दा ढुंगाना नुवाकोट सदस्य – केन्द्रयि विभाग

साविक माओवादी केन्द्रबाट 

१. राम प्रसाद ढुंगाना नुवाकोट - नेकपा (माओवादी केन्द्र)

२ हिरानाथ खतिवडा नुवाकोट - नेकपा (माओवादी केन्द्र)

३. पुष्प लामिछाने नुवाकोट - नेकपा (माओवादी केन्द्र)

४. शिव खाँती नुवाकोट -नेकपा (माओवादी केन्द्र)

५. राममाया बोगटी नुवाकोट - नेकपा (माओवादी केन्द्र)

६. केशव पुडासैनी नुवाकोट - नेकपा (माओवादी केन्द्र)

७. शुभद्रा नेपाल नुवाकोट -नेकपा (माओवादी केन्द्र)

यस बिषयमा तपाइको प्रतिक्रिया...!