मोटरसाइकल तिनाउ खोलामा खस्दा एक युवकको मृत्यु

Posted on: 04 Dec, 2018

मङ्सिर १८, बेझाड | तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । 

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३०प ४१९३ नं को मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी दिनुभयो । मोटरसाइकल सडकबाट एक सय मिटर तल तिनाउ खोलामा खसेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!