काठमाडौंमा दिनदहाडै व्यवसायी महिलामाथि खुकुरी प्रहार, भारतीय नागरिक पक्राउ

Posted on: 04 Dec, 2018

मंसिर १८, काठमाडौं । काठमाडौंको तिलगंगास्थित एक कपडा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । सर्लाहीको हरिवन घर भइ गौशाला बस्दै आएकी ३० वर्षीया कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको प्रहारीले जनाएको छ । 

खुकुरी प्रहार गरेको आरोपमा भारतको बिहार घर भइ हाल तिलगंगा बस्दै आएका १८ वर्षीय आनन्द कुमारलाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहारबाट घाइते वाग्लेको ओम अस्पताल चाबहिलमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

सोमबार दिउँसो करिब २ बजे  उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अहिलेसम्म वाग्लेमाथि किन खुकुरी प्रहार भयो भन्ने पत्ता नलागेको र पक्राउ परेका भारतीयमाथी अनुसन्धान भइरहेको जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!