बर्दियामा लागूऔषधसहित ३ युवा पक्राउ

Posted on: 04 Dec, 2018

मंसिर १८, काठमाडौं । इलाका प्रहरी कार्यालय, राजापुर बर्दियाले अवैध लागूऔषध नाइट्राभेट–१० सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्ञानु सोनाहा, आनन्द सोनाहा र ऋषिराम थारु छन् ।

राजापुरका डीएसपी तिलक भारतीका अनुसार उनीहरुलाई सोमबार साँझ राजपुर–४ बाट पक्राउ गरेर विस्तृ अनुसन्धान भइरहेको छ । उनीहरु लागूऔषध कारोबारी र सेवनकर्ता भएको खुलेको भारतीको भनाइ छ ।

उनीहरुको साथबाट नाइट्राभेट–१० का १३९ ट्याब्लेट बरामद भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!