पर्वतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते

Posted on: 05 Dec, 2018

मङ्सिर १९, पर्वत | जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते हुनुभएको छ । 

स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मङ्गलबार बाँदरको आक्रमणबाट घाइते हुनुभएको हो । घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उहाँलाई बाँदरले आक्रमण गरेको हो । जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीयवासी झलक आचार्यले जानकारी दिनुभयो । बाँदरले दुःख दिन थालेपछि स्थानीयवासीले बाँदर नियन्त्रणका लागि प्रशासन र स्थानीय गाउँपालिलाई गुहार्दै आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!