बलात्कारको आरोपमा दुई जनालाई कैद सजाय

Posted on: 07 Dec, 2018

मङ्सिर २१, राजविराज | सप्तरीमा २५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले दुई जनालाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ । 

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाशले सप्तरीको विष्णुपुर गाउँपालिका– ५ का ३५ वर्षीय जिवछ राम र वडा नं ३ का ३० वर्षीय इसराइल मियाँलाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ । 

गाउँकै एक विवाह समारोहबाट घर फर्किरहेकी महिलालाई गत फागुन २५ गते राति नियन्त्रणमा लिई गहुँ खेतमा लगेर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले फागुन २७ गते उजुरी दर्ता गरेको थियो । 

घटनापछि फरार आरोपितलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारत विहारको अन्ध्रामण्ठ थाना महथौर ग्राम पञ्चायतबाट गत चैत ४ गते पक्राउ गरी सप्तरी ल्याएको थियो । दुवै आरोपित राजविराज कारागारमा चैत २९ गतेदेखि थुनामा थिए । 

आरोपितमाथि दायर भएको बलात्कारको मुद्दा पुष्टि हुन नसकेपछि सो मुद्दा जबर्जस्ती करणी उद्योगमा परिणत भएको अदालतले जनाएको छ । 

जिल्ला अदालतका स्रेस्तेदार दीलकुमार बर्देवाका अनुसार सामूहिकरुपमा बलात्कार प्रयास गरेको आरोपमा उनीहरुलाई साढे तीन वर्ष कैदको सजाय गरिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!