बैतडीका तीन स्थानिय तहमा आज देखि घुम्ती शिविर सञ्चालन

Posted on: 08 Dec, 2018

कृष्ण बिष्ट | मंसिर २२, बैतडी | जिल्ला प्रसासन कार्यालय बैतडीको संयोजनमा जिल्लाको तल्लोस्वराडमा  आज देखि एकिकृत घुम्ती शिविर सञ्चालन सुरु भएको छ । जिल्लाका दुर्गम भेगमा रहेका जनतालाई गाउघरमै सेवा दिन “एकिकृत घुम्ति शिविर २०७५” को आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिनुभयो । सिबिर  शनिबार र आयतबार  शिवनाथ गाउपालिकामा त्यसैगरि २४ र २५ गते पञ्चेश्वर गाउँपालिकामा र २६ गते मेलौली नगरपालिकामा घुम्ती शिविर सञ्चालन भएको हो ।

 शिविरमा जिल्ला प्रशासन कार्यालय बाट नयाँ नागरिकता वितरण , शत्रु मर्दन गुल्म (नेपाली सेना) एवं जिल्ला स्वास्थ्य कार्यालय बाट स्वास्थ्य शिविर (बिरामी चेकजाँच एवं औषधी वितरण), जिल्ला प्रहरी कार्यालय बाट शान्ति सुरक्षा प्रदान गर्ने एवं सामुदायिक प्रहरीको अवधारणाको प्रस्तुतीकरण,घरेलु तथा साना उद्योग विकास समिति बाट उद्योग दर्ता सम्बन्धी परामर्श सेवा प्रदान गर्ने , जिल्ला हुलाक कार्यालयले हुलाक टिकट बिक्री बितरण गर्ने भएको छ । 

यसका साथै भेटनरी अस्पताल, पाटन बाट पशु स्वास्थ्य परिक्षण एवं औषधी वितरण गर्ने,जिल्ला निर्वाचन कार्यालय बाट फोटो सहितको मतदाता नामावली संकलन गर्ने , सुख्खा फलफुल विकास केन्द्र बाट सिजन अनुसारका बिउ बिजन वितरण, बुकलेट बितरण गर्ने र डिभिजन वन कार्यालय बाट वन्यजन्तु तथा वन सम्पदा संरक्षण सम्बन्धी परामर्श सेवा दिइने भएको छ । त्यस भेगका नागरिकलाई शिविरमा आई सेवा लिन आग्रह गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!