कालिकोटमा नागरिक समाजका अगुवाहरुलाई अभिमुखिकरण

Posted on: 08 Dec, 2018

मंसिर २२, कालिकोट । बालअधिकार संरक्षण र उलंघनका घटनाहरुको अनुगमन सम्वन्धि नागरिक समाजका पदाधिकारीहरुका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालिकोटको सहयोग, जिल्ला नागरिक समाज कालिकोटको आयोजनामा अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले कालिकोटमा नागरिक समाज सशक्त भएकोमा खुसी व्यक्त गरे । उनले बाल अधिकारीको संरक्षण गर्न नागरिक समाजको आवश्यक भएकाले बालबालिकाका क्षेत्रमा नीति निर्माण गरेर भएपनि बालबालिकालाई अगाडी ल्याउनुपर्नेमा जोड दिए । प्रहरी नायव उपरीक्षक विनोद शर्माले नेपालमा गठन गरिएका नागरिक समाज कुनै न कुनै पार्टीका आस्थावान रहेकाले नागरिक समाज स्वतन्त्र हुनपर्नेमा जोड दिए । ‘विदेशी मुलुकमा नागरिक समाजले गरेका नराम्रो कामको प्रचार भएमा सरकारनै फेरबदल हुन्छ’ उनले भने, ‘तर नेपालमा नागरिक समाज पाटी आस्थावान हुनाले नागरिक समाजले काम गर्न नसकेको हो ।’

कार्यक्रममा बोल्दै हिरामणी सिम्खडाले जिल्लामा गठन भएको नागरिक समाजले स्थानीय तहमा पनि नागरिक समाज गठन गरेकोमा खुसी व्यक्त गरे । उनले स्थानीय तहले गरेका राम्रो कामको प्रशंसा र नराम्रो काममा खवरदारी गर्नेकाम नागरिक समाजको भएकाले २ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताए । सेभ द चिल्ड्रेनका बाल अधिकृत बाले विश्वकर्माले विश्वको इतिहासको परिवर्तन नागरिक समाजले गरेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!