तीन सय तेह्र दलित परिवारलाई सुधारिएको चुलो

Posted on: 09 Dec, 2018

मङ्सिर २३, मार्तडी | बाजुरा जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा नं ४, ५, ६ र ७ का ३१३ विपन्न दलित परिवारलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको छ । 

दुर्गम हिमाली गाउँपालिकाका दलित परिवारका घरलाई धुवाँरहित बनाउने उद्देश्यले ललितपुरस्थित वैकपिल्क ऊर्जा प्रर्वद्धन केन्द्रको अनुदान सहयोग र जिल्ला दलित सशक्तिकरण नेटवर्कको समन्वयमा सुधारिएको चुलो वितरण गरिएको नेटवर्कका अध्यक्ष गोरख सार्कीले जानकारी दिनुभयो । 

गाउँपालिकाका वडा नं ४ देखि ७ सम्मका ३१३ दलित परिवारको घर धुवाँमुक्त गर्नुका साथै उनीहरूको स्वास्थ्यस्तरमा पनि सुधार आउनेमा आफूहरु आशावादी भएको उहाँले बताउनुभयो । 

पहिलो चरणमा ३१३ परिवारलाई मात्र आधुनिक चुलो उपलब्ध गराइएकामा आगामी दिनमा सबैलाई पुग्ने गरी समन्वय गरिने भएको छ । बिकट हिमाली गाउँपालिकामा बिजुली बत्तीको निकै समस्या भएकाले दलित परिवारलाई सोलारका लागि पनि पहल गरिने अध्यक्ष सार्कीको भनाइ थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!