लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल मुल समन्वय समितीको वृहत अन्तरक्रिया कार्यक्रम

Posted on: 09 Dec, 2018

नन्द बहादुर ऐडी | मङ्सिर २३, काठमाडौँ | महानगरीय प्रहरी वृत्त बालाजु, अन्र्तगतको लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल मुल समन्वय समितीको आयोजना अन्तरक्रिया कार्यक्रम वृहत रुपले सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका वडा नं ३, ४ र ५ अन्र्तगतको राजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा रिर्सोटहरुलाई मर्यादित तथा व्यवस्थित बनाउनको लागि सरोकारवालाहरुसँगको सो अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो । 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०७५ को विशेष अवसरमा आयोजना गरिएको सो कार्यक्रम लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल मुल समन्वय समितीको अध्यक्ष देविना कार्की रानाको सभापतित्व र काठमाडौं क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरको प्रमुख आतिथ्यताामा सम्पन्न भएको हो । सो वृहत अन्तरक्रिया कार्यक्रमले होटल व्यवसायीहरुले कानुनी दायरामा रहि अरुलाई असर नपर्ने गरि व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ । सो कार्यक्रममो होटल व्यवसायीहरुको सुरक्षा, होटल व्यवसाय र त्यहा भित्र सञ्चालन हुने अनैतिक क्रियाकलापले स्थानीयहरुमा पारेका नकरात्मक असर, होटल व्यवसायलाई हेर्ने दृष्टिकोणको बारेमा विशेष रुपले छलफल गरिएको थियो । कार्यक्रममा सवै व्यवसायी खराव हुदैनन् तर एकाध खराव व्यवसायीले गर्दा तारकेश्वर नगरपालिका वडा नं ३, ४ र ५ अन्र्तगतको राजमार्ग क्षेत्रमा सञ्चालित समग्र होटल तथा रिर्सोटहरुलाई नकरात्मक प्रभाव परेको र यसको निराकरणको लागि सुरक्षा निकाय, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय समिती, स्थानीय सरकार, जनप्रतिनिधी, स्थानीय वासिन्दा र होटल व्यवसायी वीचमा सहकार्य गरि अघि बढ्न आवश्यक रहेको विषय उठान भएको छ । 


सो कार्यक्रमको उद्देश्यवारे प्रकाश पार्दै आयोजक संस्थाका अध्यक्ष देवीना कार्की रानाले तारकेश्वर नगरपालिका अन्तर्गत यसको उत्तरी भेगमा अति रमणीय स्थानमा रहेका होटल व्यवसायबाट केहि मानिसहरुले त रोजगारी पाएका छन् तर पारिवारिक वातावरणमा रमाउनेहरुको लागि असहज परिस्थितिको सृजना भएको कुरा सार्वजनिक रुपमा गुनासाहरु आएकोले सो व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन यो कार्यक्रम आयोजना गरिएको हो भन्ने बताए । 

कार्यक्रमका प्रमुख अतिथि रहेका साँसद रामविर मानन्धरले होटल व्यबशायीहरुले स्वतन्त्र रुपमा व्यापार व्यबशाय गरेर खान पाउनुपर्दछ तर नियमको पालना भने गर्नुपर्छ भन्ने बताए । उनले भने,  लैंगिक हिँसाको कुरा गर्दा सवैभन्दा पहिला हिँसा घर परिवारबाट सुरु हुन्छ र यसले बृहतरुप लिँदै समाज अनि देशव्यापी रुपमा भाइरल हुन्छ । यसका साथै अहिले हिँसाको अर्को रुप अहिलेको सामाजिक सँजाल र मोवाइल पनि हो भन्दै यसको प्रयोगमा पनि केहि कमी ल्याउनुपर्छ भन्ने उनले बताए । सांसद मानन्धरल अन्य देशको उदाहरण दिँदै होटल रेष्टुरेण्टमा सेक्सको मामलालाई लिएर मात्र अनियमित भयो भन्नु गलत हो, यसमा हामी सवै आ–आफ्नो नैतिक दायित्वमा वाँधिएर पहिला घर परिवार ठीक भयो र लैंगिक हिँसा अन्त्य गरियो भने सवै स्वतः ठीक भएर जान्छ भन्ने बताए । 

यस्तै गरी कार्यक्रममा आप्mनो महत्वपुर्ण तर्क दिँदै तारकेश्वर न.पा.का मेयर रामेश्वर वोहोराले हामीमा महिला र पुरुषमा हेर्ने दृष्टिकोण फरक भएको, राजमार्गमा भएका केहि होटल रेष्टुरेण्टहरुमा आफ्ना परिवार लिएर जाने वातावरण पनि नभएकाले गर्दा हाम्रो समाजमा यो व्यवसाय प्रति हेर्ने दृष्टिकोण फरक भएको र यो व्यबशाय पनि अरु भन्दा फरक प्रकृतिको भएको कारणले गर्दा पनि होटल व्यवसायीहरुले राम्रै वातावरण बनाउँछु भन्दा पनि सहज नभएकोले यसप्रति सहजता ल्याउनको लागि जनप्रतिनिधि, लैगिंक हिँसा नियन्त्रण सन्जाल, प्रहरी लगायत स्थानीय वासिन्दाहरुको सहकार्यतामा अन्तरक्रियात्मक कार्यक्रम गर्नु राम्रो हो र यसको समाधान पनि एकले अर्कालाई दोष लगाएर मात्र हुँदैन र समस्याको पहिचान गरी सवैपक्ष मिलेर यसको निराकरण खोज्न सकिन्छ भन्ने बताए । 

बोहोराले भने  हाम्रो समाजले हेर्ने सोचलाई पनि वदल्नुपर्दछ र यसको लागि कुकुरलाई साङलोले बाध्छ, गोरुलाई दाम्लोले भने मानिसलाई नियम र विधिले बाधियो भने नैतिकताको धरातलमा टेकेर सवै कामहरु भएको खण्डमा समस्याको समाधान आपैm हुन्छ तर यसको लागि तत्परता चाहिन्छ, उनले नगरपालिकाले गर्ने विकासका योजनाहरुका वारेमा अवगत गराउदै हाम्रो तारकेश्वर नगरपालिकामा इको टुरिज्मको धारणालाई अगाडि सारर्दै नगरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने कुरा औल्याए । 


महानगरीय प्रहरी वृत बालाजुका प्रमुख एवं प्र.ना.उ. चिरञ्जिवी कोईरालाले  होटल व्यवसाय अन्य व्यवसाय भन्दा पृथक रहेको र त्यति सजिलो नभएको बताए । उनले भने,  यसलाई चुनौतिको रुपमा लिनुपर्ने, सवै व्यवसायीहरु करको दायरामा आउनुपर्ने, दैनिक कस्टुमरहरु आउने जाने भएकाले को, के र कसरी आउँछन्/जान्छन् पत्ता लगाउन धेरै कठिन हुन्छ, घटना नघट्दा त ठीकै होला तर केहि असहज घटनाहरु घटेभने व्यवसायीहरु नै जिम्मेवार हुने भएकोले यसको लागि परिचय पत्र, सि.सि.टि.भि, रजिष्टर बुकमा रेकर्ड आदि राखियो भने केहि घटना घट्दा पनि फुटेज हेरेको आधारमा पनि दोषी पत्ता लगाउन सजिलो हुने भएकोले सेवाग्राहीहरुको विवरण अनिवार्य राख्न व्यवसायीहरुलाई सुझाव दिए 

प्रहरी नायव उपरीक्षक कोईरालालले  होटल व्यवसायीहरुलाई हप्ता असुल्ने गुण्डाहरु आएर धम्की दिन थालेमा तुरुन्त प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरे । उनले थप्दै भने,  होटल व्यबशायीहरुले नक्कली जोडा/जोडीहरु आउँदा आम्दानीको लोभ गर्नाले यो व्यवसायप्रति नररात्मक दृष्टिकोण रहेको बताउ । २/४ सयको लोभ नगरी पारिवारिक जमघटमा वस्ने वातावरण वनाउन सक्यो भने आम्दानी १० गुणा वढि हुने भएकोले यसतर्फ होटल र रेष्टुरेण्ट व्यवशायीहरु सजग हुनुपर्ने कुरामा जोड दिदै  प्रहरी हरसमय ब्यवसायीहरुको सुरक्षाका लागि तत्पर रहेको कुरा प्रहरी नायव उपरीक्षक कोईरालालले बताए । 

स्थानीय समाजसेवी सिताराम रेग्मीले स्थानीय होटल व्यवसायीप्रति आक्रोश पोख्दै होटल व्यवसायीहरुलाई चेतनामुलक कार्यक्रममा सरिक गराउनुपर्ने, गोलढुगा भन्नेसाथ शहरका वासीन्दाहरुलाई केटीहरु लिएर जाने ठाउँ हो भनेजस्तो भान पर्ने, आफ्ना दिदी वहिनीहरु मोटरसाइकलमा लिएर हिड्न पनि लाज लाग्ने वातावरण भएको बताए । उनले भने, दिन दहाडै खुलेआम नग्न चर्तिकला हरेक रेष्टुरेण्टमा देख्न परेको, पैसा कमाउनको लागि यी होटल व्यवसायीहरुले जुनसुकै मुल्य पनि चुकाउन पछि नपरेका, प्रहरी प्रशासन पनि मुकदर्शक वनेका, कति वटा होटल र रेष्टुरेण्ट छन् अनि आम्दानी कति हुन्छ भनि प्रहरी सरुवा हरने  इतिहास थियो तर अहिले केहि सुधारिएको छ । 

होटल व्यबशायी लाक्पा शेर्पाले दिउसै श्रीमान्/श्रीमती भनेर होटल रेष्टुरेण्टमा कैयौ मानिसहरु आउने गरेका र केहि कुरा गर्यो भने मारकाट गर्ने धम्की दिने, जथाभावी वोल्ने, पैसा असुल्न  खोज्ने गुण्डाहरु वढि आउनाले व्यवसाय गर्न ज्यादै गाह्रो भएको कुरा गुनासो गरे । यस्तै अर्का होटल व्ववशायी टिकाबहादुर रायमाझीले मानिस सवै सामाजिक प्राणी हो सवै जना मिलेर यस्ता असहज परिस्थितिलाई सहजरुपमा समाधान गर्न सकिन्छ त्यसको लागि स्थानीय जनता, जनप्रतिनिधि, महिला सन्जाल तथा प्रहरी प्रशासनसँगको सहकार्यमा जे कुराको निश्कर्ष निस्कन्छ र के गर्दा समाजको लागि राम्रो हुन्छ त्यो गर्न तत्पर रहेको कुरा प्रष्ट पारे । 

तारकेश्वर–८ का वडाध्यक्ष मनोज कुमार घिमिरेले बिकृतिहरु न्युनीकरण गर्न कानुनको दायरा भित्र वसेर गरेका सवैखाले कार्यहरु न्यायिक हुन्छन्, सवै व्यवसायी खराव हुदैनन् भन्ने बताए । उनले भने,  यसको लागि हामी सवैको सोचमा भरपर्दछ, एक आपसमा सवैले सहअस्तित्वको भावना राख्नुपर्ने, र प्रहरी प्रशासन, जनप्रतिनिधि, महिला संजाल, होटल व्यबशायी सवैजना मिलेर एउटा निश्कर्षमा पुग्यो भने समस्याको समाधान धेरै टाढा नभएको कुरा प्रष्ट पारे । 

तारकेश्वर–५ का वडा अध्यक्ष बासु प्रसाद गौतमले वडा कार्यालयमा केहि महिना अगाडि वैठक वस्दा होटल व्यवसायीहरुलाई प्रष्ट विचार राखी आफ्नो व्यवसाय संचालन गर्नको लागि सुझाव दिएको र सुरक्षाको प्रत्याभुति पनि दिने वचन दिएको,  तर व्यबशायी मर्यादित हुनुपर्यो र समाजले घृणाको दृष्टिकोणबाट हेर्ने वातावरण हुनुभएन भन्ने कुरा औल्याउँदै व्यवसायीहरुले प्रत्येक वडाहरुमा आफ्नो व्यवसाय दर्ता गर्ने हो भने सुरक्षाको प्रत्याभुति आफै हुने कुरालाई जोड दिए ।

तारकेश्वर–११ का वडाध्यक्ष बिन्दा बुढाथोकीले समस्या समाधानको लागि यस्ता अन्र्तक्रिया कार्यक्रम समय/समयमा गर्नुपर्ने र व्यवसायीहरुले पनि आगन्तुकहरु आउँदा परिचय पत्र चेक गनुपर्ने अनि मात्र वास्तविकता पत्ता लागि सहजताको वातावरण पैदा हुन जाने कुरा बताए । 


विश्वास नेपालका निर्देशक बालकुमारी आलेले व्यवसायीहरुले आफ्नो व्यवसाय व्यबस्थित र मर्यादित ढंगले संचालन गर्दै सवैले सुरक्षितका साथ पेशागत मान्यता पाउनुपर्ने धारणा व्यक्त गरिन । उनले भनिन्, यसको लागि आफनो संस्था सहयोग गर्न तत्पर रहेको एकाध नराम्रा कार्य गर्ने व्यवसायीले गर्दा धेरै राम्रा व्यवसायीहरुलाई नरकात्मक प्रभाव पारेको बताईन ।

कार्यक्रम सञ्चालनको क्रममा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय मुल समितीका सचिव एवं पत्रकार नन्द बहादुर ऐडीले अरुलाई असर नपर्ने गरी मर्यादित र व्यवस्थितका साथ होटल व्यवसायीहरुले आप्mनो व्यवसाय गर्न पाउनुपर्दछ, व्यवसायीहरु राज्यहरुले पनि स्थानीय सरकार एवं वडामा आफनो व्यवसाय दर्ता गरि आधिकारीक रुपमा सञ्चालन गर्नुपर्छ र राज्यले व्यवसायीहरुको सुरक्षाको प्रत्याभूति दिन आवश्यक छ भन्ने बताए । 

तारकेश्वर नगरपालिका वडा नं ३ स्थित रहेको ग्रीनलिफ रिसोटमा सञ्चालित सो कार्यक्रममा, तारकेश्वर नगरपालिकाका नगरप्रमुख रामेश्वर बोहोरा, महानगरीय प्रहरी वृत बालाजुका प्रमुख एवं प्रहरी नायव उपरिक्षक चिरञ्जिवी कोईराला, तारकेश्वर–१ का वडाध्यक्ष विदुर सापकोटा, तारकेश्वर–३ का वडाध्यक्ष मनोहरी तिवारी, तारकेश्वर–४ का वडाध्यक्ष नरेन्द्रदास श्रेष्ठ, तारकेश्वर–५ का वडाध्यक्ष बासुप्रसाद गौतम, तारकेश्वर–८ का वडाध्यक्ष मनोज कुमार घिमिरे, तारकेश्वर–११ का वडाध्यक्ष विन्दा बुढाथोकी, स्थानीय समाजसेवी सिताराम रेग्मी, विश्वास नेपालका निर्देशक वालकुमारी आले, तारकेश्वर नगरपालिकाका विभिन्न वडाका वडा सदस्यहरु, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय समितीको पदाधिकारी तथा सदस्य र वडा स्तरीय समितिका सदस्यहरु, विभिन्न होटलका होटल व्यवसायीहरु, सञ्चारकर्मी लगायतका गरि करिव १ सय ५० जनाको सहभागीता रहेको थियो । 

लैङ्गिक हिंसा र र्दुव्यवहार छैन् हामीलाई स्वीकार भन्ने मुल राष्ट्रिय नारा सहति मंसिर ९ गते बाट राष्ट्रव्यापी सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०७५ को विशेष अवसरमा आयोजना गरिएको सो कार्यक्रमलाई  लामो समय देखि काठाडौंको रेष्टुरेण्ट क्षेत्रमा काम गर्ने महिला श्रमिकहरुको हक हित र पेशागत सुरक्षाको लागि आवाज उठाउदै आएको संस्था विश्वास नेपालले आर्थिक सहयो गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!