विद्यार्थीलाई स्विटर वितरण

Posted on: 10 Dec, 2018

मङ्सिर २४, काठमाडौँ | गौरीघाटस्थित बाल सारथी स्कूलका १०० विद्यार्थीले जाडोमा न्यानो स्विटर उपहार पाएका छन् । 

टेनेस्सी, अमेरिकामा बसोबास गर्दै आएका नेपालीको सामाजिक संस्था ‘नेपाली सोसाइटी चाट्टानुगा, टेनेस्सी’की सदस्य कृष्णा महर्जनको पहलमा सङ्कलित रकमबाट बाल सारथीका विद्यार्थीलाई आइतबार स्विटर वितरण गरिएको हो । 

काब्य स्कूल नयाँबानेश्वर र विष्णु बाँस्कोटा फाउण्डेशनको अमेरिकी भगीनि संस्था ‘निकेल्स फर नेपाल’ मार्फत अमेरिकामा सङ्कलित रकम पठाएर बालसारथीका केटाकेटीलाई स्विटर दिइएको हो । 

काब्य स्कूलका संस्थापक प्रिन्सिपल तथा विष्णु बाँस्कोटा फाउण्डेशनका अध्यक्ष नवराज बाँस्कोटा, काब्य स्कूलका निर्देशक सुनिलकुमार घर्ती तथा कृष्णा अमात्यका दिदी लक्ष्मी महजर्नले स्विटर बालसारथीका विद्यार्थीलाई वितरण गर्नुभएको थियो । 

सोही अवसरमा काब्य स्कूलको तर्फबाट ती विद्यार्थीलाई शैक्षिक सामग्री पनि वितरण गरिएको थियो । यसअघि विद्यालयका संस्थापक प्रिन्सिपल माला खरेलले दातालाई रुदाक्षको माला लगाएर स्वागत गर्नुभएको थियो । 

तीनै संस्थाको सहयोगमा गत वर्ष बालसारथीका विद्यार्थीलाई जुत्ता र मोजा उपहार दिइएको थियो । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!