धुन्चेबाट दुई किलो सुनसहित एक युवक पक्राउ

Posted on: 10 Dec, 2018

मङ्सिर २४, रसुवा | चीनबाट नेपाल तस्करी गरेर ल्याइँदै गरेको दुई किलो सुनसहित भरियालाई रसुवा प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले गोसाइँकुन्ड गाउँपालिका–१ का ३७ वर्षीय निमा दोर्जेलाई बिहान साढे ९ बजे सदरमुकाम धुन्चेबाट पक्राउ गरेको हो।

रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार दोर्जे सुन लिएर टाटा सुमोमा काठमाडौं जाँदै थिए।

विशेष सूचनाको आधारमा दोर्जे चढेको टाटा सुमोलाई रोकेर चेकजाँच गरी प्रहरीले सुनसहित समातेको थियो।

पक्राउ परेका दोर्जेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!