‘बागीना साँझ २०७५’ सञ्चालन गरिँदै

Posted on: 12 Dec, 2018

मङ्सिर २६, सुर्खेत । विगत २ दशक देखि सुर्खेत सहित कर्णाली प्रदेशको कला संस्कृतिको संरक्षण गर्दै आएको बागीना समुह सुर्खेतले यहि मंसिर २७ गते बागीना सांझ कार्यक्रमको आयोजना गर्ने भएको छ । मंगलबार विरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजनामार्फत एक दिने बागीना सांझ कार्यक्रम गरिन लागिएको हो ।

पछिल्लो समय सुर्खेतमा सांगीतिक माहोल सुनसान हुदै गएको भन्दै बागीनाले सांस्कृतिक जागरण ल्याउने उदेश्यले कार्यक्रम गर्न लागेको बागीना समुहका अध्यक्ष गोबिन्द कोईरालाले जानकारी दिए  । २७ गते बेलुकी ५ बजेदेखी साढे २ घण्टासम्म सञ्चालन हुने कार्यक्रममा बागीनाको प्राङ्गणमा खुल्ला रुपले प्रस्तुति हुने बागीना समुहका संयोजनक नन्दा बस्यालले जानकारी दिइन् । 


कर्णाली प्रदेशकमा मुख्यमन्त्री, मन्त्री, सांसद लगायत अन्य बिशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रममा यस क्षेत्रका विभिन्न भेषभुषा जातजापतका पहिचान झल्कने मौलीक नृत्य प्रर्दशन गरिने संयोजक बस्यालले बताइन् । कार्यक्रममा सुर्खेत बाट राष्ट्रिय स्तरसम्म परिचित कलाकारहरु गायीका टिका पुन, शिव संगित, मोडल दिपाशा बिसी हास्यकलाकार संध्या बुढा काउली बुढी लगायतको प्रस्तुती रहने संयोजक बस्यालले जानकारी दिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!