वैंकको एटीएम तोडफोड गर्ने १ युवक काठमाडौंबाट पक्राउ

Posted on: 12 Dec, 2018

मङ्सिर २६, काठमाडौं | राजधानीको बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोड गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहको सुखीपुर न.पा.वडा नं ६ घर भएका १८ वर्षीय किशोर यादव रहेका छन् । 


मंसिर ११ गते राती १ बजे चोरी गर्ने उद्देश्यले यादवले एकटीएम तोडफोड गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त वानेश्वरमा उजुरी परेपछि सीसीटीभी फुटेजको आधारमा प्रहरीले यादवलाई पक्राउ गर्न सफल भएको हो । 

यादवलाई प्रहरी वृत्त वानेश्वरमा ल्याई चोरी कसुर अन्तर्गत मुद्दामा म्यादथप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!