निर्मला पन्तको चौँधौँ जन्मदिन आज, यसरी मनाइने

Posted on: 12 Dec, 2018

मङ्सिर २६, कञ्चनपुर | गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तको आज जन्मदिन परेको छ | निर्मलाको मंसिर २६ गते अर्थात् आज चौँधौँ जन्मदिन हो ।

उनको जन्मदिनको अवसर पारेर आज दिउँसो १२ बजेपछि जिल्ला प्रशासन कार्यालयको गेटमा निर्मलाको निम्ति न्यायको माग गर्दै होम गर्ने कार्यक्रम रहेको छ । साथै उनको नाममा वत्ती बाल्ने कार्यक्रम छ ।

अधिकारकर्मीहरुले निर्मलाका पिता यज्ञप्रसाद लगायत धर्ना बसिरहेको ठाउँमा कार्यक्रम गर्ने बताएका छन् । नागरिक संघर्ष समितिका अगुवाहरुले दोषीलाई कारवाहीको माग गर्दै दबाव स्वरुप नारा लगाउने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!