खरिद गर्ने बहानामा सामान चोरी गर्ने ५ जना महिला पक्राउ

Posted on: 12 Dec, 2018

मङ्सिर २६, दाङ | दाङको घोराही बजारबाट सामान खरिद गर्ने बहानामा चोरी गरेको आरोपमा ५ जना महिला पक्राउ परेका छन्  । 

ती महिलाहरुले पसलमा गएर एकजनाले व्यापारीहरूलाई सामान देखाउन भनी अलमल्याउने र अन्य महिलाहरूले व्यापारीले थाहा नपाउने गरी सामान चोरी गर्ने गरेको प्रहरीको भनाई छ ।

ती महिलाहरुले चोरी गरेका ४ थान ब्ल्या‌केटसमेत बरामद गरेको छ । घोराही वडा नं. १५ मा रहेको बजारबाट गएको २३ गते आइतबार पक्राउ गरी मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उनीहरुको नाम र ठेगाना भने गोप्य राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!