फरार रहेका तीन प्रतिवादी पक्राउ

Posted on: 13 Dec, 2018

मङ्सिर २७, ललितपुर | प्रहरीले जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग र जबर्जस्ती चोरी मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरेको छ । 

गत वर्ष मङ्सिरमा गोदावरी नगरपालिका–१, गोदामचौरमा भएको घटनाका प्रतिवादी विशालध्वज कार्की, पवन कुँवर र रघु सिलवाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उच्च अदालत पाटनले जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग र जबर्जस्ती चोरी मुद्दामा तीनै जनालाई थुनामा राख्न फैसला गरेको थियो । 

गत वर्ष पुसमा ललितपुर जिल्ला अदालतले प्रतिवादीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । गत वर्ष माघमा उच्च अदालत पाटनले प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने आदेश दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमख प्रहरी नायब उपरीक्षक गौतम मिश्र नेतृत्वको टोलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!