फेवातालमा डुबेर बेपत्ता भएका युवाको शव फेला

Posted on: 15 Dec, 2018

मङ्सिर २९, पोखरा | पोखराको फेवातालमा प्याडल बोर्डबाट खसेर बेपत्ता एक युवाको शव आज बिहान फेला परेको छ । 

मङ्सिर २४ गते सोमबार दिउँसो सेल्फी खिच्ने क्रममा फेवातालमा डुबेर बेपत्ता भएका काठमाडौँ ताहाचलका १९ वर्षीय रोजन श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

प्रहरीका अनुसार आज बिहान तालमा तैरिएको अवस्थामा उनको शव भेटिएको हो । शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । 

पोखरा घुम्न आएका श्रेष्ठ तालमा बेपत्ता भएपछि तीनवटै सुरक्षा निकायका टोली खोजीमा खटिएका थिए । (रासस) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!