प्रधानमन्त्रीद्वारा नुवाकोट मिनीट्रक दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त

Posted on: 15 Dec, 2018

मङ्सिर २९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटको दुप्चेश्वरमा शुक्रबार राति भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 

ट्वीटमार्फत उहाँले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो भने १५ घाइते भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!