तरकारी खेतीबाटै मनग्गे आम्दानी

Posted on: 15 Dec, 2018

कमल घिमिरे।मंसिर२९।पाँचथर, मेहनत गरे नेपालमै प्रसस्त मात्रामा पैसा कमाउन सकिन्छ भन्ने! कुरा फिदिम नगरपालिका ५ का ३२ वर्षीय बिक्रम तामाङ्ले देखाएका छन्।

बिक्रम अहिले आफ्नै करेसाबारीमा सब्जी खेती गरी बार्षिक ४ देखि ५ लाख सम्म आम्दानी गर्दै आएका छन् । फिदिम नगरपालिका ५ साविक चोकमागु ३ जौबारीमा बिक्रमले गरेको तरकारी खेती हेर्दा मेहनत र परिश्रमको उचित सदुपयोग भएको देखिन्छ । फुलकोपी,बन्दाकोपी,ब्रोकाउली,आलु,सिमी,मटर,धनियाँ लगायतका तरकारीहरु खेती गरिने तामाङ् बताउँछन्।५ बर्ष सम्म बैदेशिक रोजगारका लागि मलेशिया बसेर आएका बिक्रम अब बिदेश नगइ तरकारी खेतीमा तल्लिन हुने बताउँछन्।उनि भन्छन,'बिदेशको खटाइ अनुसार यहिँ खट्ने हो भने मनग्गे आम्दानी हुने र हुँदै आएको छ ।लक्ष्यका साथ अघि बढ्दा आफु र आफ्नो परिवार मजाले धान्न सकिन्छ । बिक्रम ले तरकारी खेती बाटै परिवार धानेर बचत पनि गरेका छन्।

 

 वि.सं.२०६५ सालमा एकिकृत शत्रुजिव व्यवस्थापनद्वारा स्थानीय स्तरमै ७ हप्ता फुलकोपी खेती सम्बन्धी तालिम लिएका तामाङ्ले अरु तरकारी आफ्नै मेहनतले खेती गरेका हुन्। कुनै पनि केमिकल प्रयोग नगरी अर्गानिक तरकारी उत्पादन गर्ने गरेको तामाङ्को दावी छ। 

तरकारी खेती गरेको धेरै समय भएपनि अहिले सम्म कुनै सरकारी सहयोग नभएको र कृषि सँग सम्बन्धित आधिकारिक व्यक्तिहरु तरकारी अनुगमन गर्न नआएको बिक्रम बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!