अछामका बेपत्ता पिडीत तथा सरोकारवालाहरुसँग अन्तरक्रिया

Posted on: 16 Dec, 2018

कमल रावल | पुष १, अछाम | बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगको टिमले अछामका बेपत्ता पिडीत तथा सरोकारवालाहरुसँग अन्तरक्र्रिया गरेको छ । राहतका लागि अछामबाट सिफारिस भएका निवेदनका आधारमा बास्तविक बेपत्ता पहीचानका लागि टोलि अछाम पुगेको हो । 

अन्तरक्र्रिया क्रममा अछाममा ५६ बेपत्ता परिवारको निवेदन मध्ये ११ निवेदन माथि उजुरी परेकाले छानविन कार्य भईरहेको छानविन आयोगका केशब प्रसाद गौतमले बताउनु भयो । २ दिन सम्म जिल्ला समन्वय समितीको कार्यलायमा आयोगको टोलि आएर छानबिन गरिरहेकाले सबैलाई चाडो सम्पर्क गर्न समेत आयोगले आग्रह गरेको छ । कार्यक्रमका सहभागि बेपत्ता परिवारका आफन्तले आफु बास्तविक बेपत्ता भएतापनी राज्यको तर्फबाट कुनै राहत नपाएको गुनासो गरेका थिए । 

छानविन आयोगले बास्तविक तथ्याक लगेर छिटो राहतका लागि सरकारलाई दबाब दिनु पर्ने उनिहरुको सुझाब रहेको थियो । छलफलमा बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगका सदस्य विजुल विक दुलालले समयमै बास्तविक पिडीतलाई राहत दिलाउनका लागि आफुहरु हर प्रयत्न लागि रहेको बताउनु भयो । अझै सरकारले बेपत्ता छानविनका लागि कानुन नै निर्माण गर्न नसकेकाले समस्या आएको उहाँले बताउनु भयो । 

कर्मचारी अभाबका बावजुत पनी आयोगको तर्फबाट हुनु पर्ने ८० प्रतिशत काम सकिएको उहाँले बताउनु भयो । सो अन्तरक्र्रियामा जिल्ला बार ईकाई अछामका अध्यक्ष कृृष्ण प्रसाद ढुगानाले बास्तविक पिडीतलाई न्याय दिनका लागि सबै क्षेत्र लाग्नु पर्ने बताउनु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!