फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

Posted on: 16 Dec, 2018

कमल घिमिरे।पौष१।पाँचथर, पाँचथर को फिदिममा  आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा बृहत साँगितिक कार्यक्रम हुने भएको छ।

  पर्यटन प्रर्वद्धन पाँचथरको शान,कला  संस्कृतिको संरक्षणमा हाम्रो अभियान भन्ने नाराका साथ नेपालको संस्कृति कलाको संरक्षण सम्र्वद्धन गर्ने उद्धेश्यले नेपालको चर्चित ब्यान्ड नेपथ्यको साथमा कार्यक्रम हुने भएको हो।

  पर्यटन प्रर्वद्धन,मुटु,मृगौला क्यान्सर रोगी,जेष्ठ नागरिक र फरक क्षमता भएका ब्यक्तिहरुलाई सहयोगार्थ साँगतिक कार्यक्रमको आयोजना गरिएको मुख्य आयोजक सुम्हात्लुङ युथ क्लवका अध्यक्ष दिपेन्द्र योक्पाङदेनले बताउनुभयो ।

मुख्य आयोजक सुम्हात्लुङ युथ क्लवको आयोजनामा संचालन हुन लागेको साँगितिक प्रतियोगितामा ६ वटा संस्थाहरु आयोजक रहेका छन् । जसमा फिदिम स्पोटिङ क्लव,नमूना बाल क्लव,जिल्ला ब्याडमिन्टन संघ,प्याग नेपाल पाँचथर र स्वतन्त्र क्लव रानीटार रहेका छन् । यस कार्यक्रमका लागि सुरमालाकला केन्द्र र फूयजनडान्स एकेडेमीले सहयोग गरेका छन् । 

बृहत साँस्कृतिक कार्यक्रममा प्रवेशद्धारमा टिकट वितरण नगरिने,टिकट दर ५ सय रुपैया राखिएको र ५ वर्षभन्दा मुनिका बालवालिकालाई कार्यक्रममा प्रवेश गर्न निषेध गरिएको आयोजकले जनाएको छ । कार्यक्रम जम्मा डेढ घण्टाको मात्रै हुनेछ । बेलुका ६.३० देखि ८ बजेसम्ममा कार्यक्रम सकिने आयोजकले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!