बझाङमा पेस्तोल सहित एकजना पक्राउ

Posted on: 16 Dec, 2018

टेकेन्द्र बोहरा | पुष १, बझाङ | जिल्लाको थलारा गाँउपालिकामा एकजना  पेस्तोलसहित  पक्राउ परेका छन् ।

बझाङ जिल्लाको थलारा गाँउपालिका वडा नँ ६ पिखेत नुवाघरका ५६ वर्षीय प्यारु मिजार पेस्तोलसहित पक्राउ परेका हुन् ।

घरमा पेस्तोल लुकाइ राखेको विशेष सूचनाका आधारमा प्रहरीले आइतबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । इलाका प्रहरी कार्यालय थलारा  र जिल्ला प्रहरीको संयुक्त टोलीले घरमा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल फेला परेको हो ।

पेस्तोलसहित पक्राउ परेको मिजारबारे थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय बझाङले  जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!