बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु

Posted on: 17 Dec, 2018

पुस २, राँझा | बाँकेको बैजनाथ गाउँपालिका–५ जिउगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा आज दुई जनाको मुत्यु भएको छ । 

मृत्यु हुनेमा सुर्खेतको लेकबेंसी नगरपालिका–१ का विक्रम गहतराज र सुर्खेतकै गुर्भाकोट नगरपालिका– १२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिनुभयो । सम्झनाचोकतर्फ जाँदै गरेको बालज्योति विद्यालयको बा१क ४४९५ नंको बस र बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको लु४३प ९५९९ नंको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुवै जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!