सर्लाहीका युवक काठमाडौँमा मृत भेटिए

Posted on: 19 Dec, 2018

पुष ४, काठमाडौं | सर्लाही घर भई काठमाडौंमा बस्दै आएका एक युवक मंगलबार बिहानै मृत भेटिएका छन् ।

जनसेवा दमैटोल क्षेत्रमा पेन्टरको काम गर्ने लालबन्दीका २८ वर्षीय अनिल थारु मृत भेटिएका हुन् । प्रहरीका अनुसार उनको शव उनकै कोठामा मंगलबार बिहान फेला परेको थियो। 

यस सम्बधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!